आइतबार, असार २८, २०८३

पेलेको रेकर्ड तोडे मेस्सीले

ब्रजिलियन पूर्व फुटबलर पेलेको रेकर्डसँग बराबरी गरेका लियोनेल मेस्सीले मंगलबार रातिको खेलमा उनको रेकर्ड ब्रेक गरेका छन्।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– ब्रजिलियन पूर्व फुटबलर पेलेको रेकर्डसँग बराबरी गरेका लियोनेल मेस्सीले मंगलबार रातिको खेलमा उनको रेकर्ड ब्रेक गरेका छन्।

ला लिगा अन्तर्गत भाल्लाडोलिडको मैदानमा बार्सिलोनालाई ३–० गोलको जित दिलाउने क्रममा उनले पेलेको रेकर्ड ब्रेक गरेका हुन्।

ब्राजिललाई तीन पटक विश्वकप जिताएका पेलेले एउटै क्लबबाट ६४३ गोल गरेका थिए। यता अर्जेन्टिनी फरवार्ड मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट गएराति ६४४ औं गोल गरे।

अब बार्सिलोनाबाट मेस्सीले जति गोल गर्नेछन् त्यो उनको रेकर्ड कायम रहनेछ। साथै उनले प्रत्येक पटक गोल गर्दा आफ्नै रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गर्दै जानेछन्।

गएरातिको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले ६५ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि २१ औं मिनेटमा लेन्गेट र ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेका कारण बार्सिलोनाले ३–० गोलको जित निकालेको हो।

जितसँगै बार्सिलोना ला लिगामा २४ अंक बनाएर पाँचौ स्थानमा छ भने पराजित भाल्लाडोलिड रेलिगेशन जोनमा छ।

ला लिगामा गएराति नै सम्पन्न अन्य खेलमा भिल्ला रियल र एथ्लेटिक क्लबले १–१ गोलको बराबरी खेलेका छन् भने रियल सोसिडाडलाई शीर्षस्थानको एथ्लेटिको मड्रिडले २–० गोलले हराएको छ।

त्यस्तै, भ्यालेन्सियाले सेभियासँग आफ्नै मैदानमा १–० गोलको हार बेहोरेको छ।
 

प्रकाशित: Dec 23, 2020| 01:00 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।