सोमबार, चैत २, २०८२

स्पोर्ट्स अवार्डलाई टर्किस एयरलाइन्सको साथ

पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा टर्किस एयरलाइन्स जोडिएको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं- पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा टर्किस एयरलाइन्स जोडिएको छ।

National life

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने घरेलु खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डलाई टर्किस एयरलाइन्सले सहप्रायोजकको रूपमा साथ दिने भएको हो।

यस वर्ष हुने १७ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड पुस २८ गते आयोजना हुँदैछ ।

आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार प्रायोजनसम्बन्धी सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सह-प्रायोजकको रूपमा टर्किस एयरलाइन्सले वर्षको पुरुष तथा महिला खेलाडीलाई एयरलाइन्सको सेवा भएको कुनै पनि गन्तव्यमा पाँच लाख रूपैयाँ बराबरको दुईतर्फी हवाई टिकट उपलब्ध गराउने छ।

Laxmi sunrise bank
kumari

एयरलाइन्सले आयोजक संस्थाका सदस्यलाई एक वर्ष कायम रहने गरी हवाई टिकटमा १० प्रतिशत छुट दिने समेत सम्झौता पत्रमा उल्लेख छ।

पल्सर स्पोर्ट्स अवार्डमा यस वर्ष समेत विभिन्न १० विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिने भएको छ।

आयोजकले अघिल्लो हप्तामात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनीक गरेको थियो।

पिपल्स च्वाइसमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन्।

यसपटक समेत पिपल्स च्वाइससहित वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा पुरस्कृत गरिने छ।

यस्तै, लाइफाटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डसहित खेलकर्मीलाई सम्मानित गरिने आयोजक संस्थाले जनाएको छ।

प्रकाशित: Dec 22, 2020| 15:49 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।