बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकबाट सुनचाँदी महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा 

मेगा बैंकबाट सुनचाँदी महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा 

 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैयाँसम्म बिनाधितो ब्याज अनुदान कर्जा दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । 

यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ । 

प्रकाशित: Dec 22, 2020| 11:04 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्