आइतबार, असार २८, २०८३

त्रिभुवन आर्मी क्लबलाई एएफसी लाइसेन्स

एसियाली फुटबल महासंघ (एएफसी)ले क्लब लाइसेन्सिङ सम्बन्धमा जारी गरेका नियमहरुको पालना गरेपछि त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्स पाएको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी)ले क्लब लाइसेन्सिङ सम्बन्धमा जारी गरेका नियमहरुको पालना गरेपछि त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्स पाएको छ।

एएफसीले सूचना जारी गर्दै नेपालको विभागीय टिम त्रिभुवन आर्मी क्लबले अब एएफसीको प्रतियोगिता खेल्न पाउने बताएको हो।

त्रिभुवन आर्मी क्लबले एएफसीको मान्यता पाएको कारण आफू खुसी रहेको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन्। उनले भने, ‘अब नेपाली टिमले पनि अन्तर्राष्ट्रिय क्लब प्रतिस्पर्धामा खेल्न पाउने भएको छ। नेपाली टिमले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नेछ।’

एएफसीको प्रतियोगिता खेल्नका लागि उसले जारी गरेको नियको क्लबले पालना गर्नुपर्ने हुन्छ। नियममा आफ्नै मैदान हुनुपर्ने, एकेडेमी सञ्चालन गरेको हुनुपर्ने, छात्राबास हुनुपर्ने, जुनियर टिम हुनुपर्ने लगायतका नियम छन्।

यसअघि नेपालका १३ ए डिभिजन क्लबले एएफसी लाइसेन्सका लागि आवेदन दिएको भए पनि कुनै क्लबले लाइसेन्स पाएका थिएनन्। तर एएफसीले आर्मीको कामलाई सम्मान गरेको थियो।

तर त्रिभुवन आर्मी क्लबले सबै खेल गराउने र फुटबल क्लबको रुपमा छुट्टै दर्ता नभएका कारण उसले यससअघि एएफसीको मान्यता पाएको थिएन।

त्यसपछि क्लबले राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा फुटबलको छुट्टै क्बलको रुपमा दर्ता गराएपछि दिएको अर्को आवदेन भने एएफसीले सदर गर्दै मान्यता दिएको हो।

प्रकाशित: Dec 22, 2020| 10:46 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।