आइतबार, असार २८, २०८३

मन्डेकाजी र आयषालगायत ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान

सात खेलाडीसहित दुई प्रशिक्षक, एक निर्णायक, एक चिकित्सक, एक खेल संघ र दुई प्रायोजकलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– सात खेलाडीसहित दुई प्रशिक्षक, एक निर्णायक, एक चिकित्सक, एक खेल संघ र दुई प्रायोजकलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले गत कात्तिक २८ गते बिहीबार जारी गरेको सूचनामा प्रतिभा सम्मानबाट सम्मानित हुनेको नामावाली सार्वजनिक गरेको हो। सोही नामावली अनुसार मन्त्रालयले सिंहदरबारमा एक कार्यक्रमबीच प्रतिभा सम्मान पुरस्कार वितरण गरेको हो।

खेलाडीबाट पुरस्कृत हुनेहरुमा कराँतेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयषा शाक्य, साइक्लिङकी लक्ष्मी मगर, गल्फका सुवास तामाङ, शारीरिक सुगठन समिर श्रेष्ठ, भरोत्तोलनका विकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ छन्।

त्यस्तै प्रशिक्षकमा नविन श्रेष्ठ र कुशलकुमार श्रेष्ठ छन् भने धर्मकुमार श्रेष्ठ सम्मान पाउने चकित्सक हुन्।

नेपाल गल्फ संघले पनि सम्मान पाएको छ भने काठमाडौं महानगर कतार एयरवेज प्रयोजकका रुपमा सम्मानित भएका छन्। कतार एयरवेजले गत वर्षको सहिद स्मारक ए डिभिजन लिगको प्रयोजन गरेको थियो।

मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार गत असोज ६ गते सम्मानका लागि आवेदन मागेको थियो। ५२ वटा आवेदन परेकोमा नौ सदस्यीय टोलीबाट गरेको मूल्यांकनको आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्नेलाई पुरस्कृत गरिएको हो।

प्रकाशित: Dec 22, 2020| 10:44 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।