सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राखेप सदस्यसचिव सिलवाल नेकपा ओली समूहको केन्द्रीय सदस्य नियुक्त

राखेप सदस्यसचिव सिलवाल नेकपा ओली समूहको केन्द्रीय सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्यमा नियुक्त भएका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्यमा नियुक्त भएका छन्।

नेकपाको आन्तरिक किचलोका कारण पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनलाई केन्द्रित गर्दै सदस्य संख्या थप गर्ने क्रममा सिलवाल पनि केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्।

सिलवालले मंगलबार युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा ढिलो उपस्थित हुनको कारण दिँदै भने, ‘मैले हिजो सोमबार राति नेकपाको केन्द्रीय सदस्यमा नियुक्त भएको समाचार पाएँ। त्यसैले आज केन्द्रीय सदस्यको शपथ लिएर यहाँ आउँदा ढिलो भयो।’

तत्कालिन एमालेले स्थापना गरेको मदन भण्डारी स्पोर्टस् एकेडेमीका संस्थापक सदस्य पनि हुन् सिलवाल।  त्यस्तै, एमालेको युवा संघमा ओली अध्यक्ष हुँदा समेत सिलवालले सचिवको जिम्मेवारी सम्हालेका थिए। युवा संघमा उनी उपाध्यक्षसम्म बने।

पछिल्लो समय पनि प्रधानमन्त्री ओलीकै बलमा राखेपको जिम्मेवारी दोस्रो पटक सम्हाल्ने जिम्मेवारी पाएका सिलवाल नेकपाको ओली पक्षबाटै केन्द्रीय समितिमा स्थान बनाएका हुन्।

प्रकाशित: Dec 22, 2020| 10:02 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।