शुक्रबार, पुस ११, २०८२

कर्णालीमा ओली समूह सत्ताबाट बाहिरिने !

सत्तारुढ दल नेकपा विभाजनतर्फ अग्रसर भएपछि  कर्णाली प्रदेश सरकारबाट ओली समूह बाहिरिने पक्का जस्तै छ। 
 |  मंगलबार, पुस ७, २०७७

देव राना

देव राना

मंगलबार, पुस ७, २०७७

सुर्खेत– सत्तारुढ दल नेकपा विभाजनतर्फ अग्रसर भएपछि  कर्णाली प्रदेश सरकारबाट ओली समूह बाहिरिने पक्का जस्तै भएकाे छ। 

National life

कर्णाली प्रदेशमा नेकपाका ३३ सदस्यमध्ये ओली समूहका सभामुखसहित १२ जना सांसद छन्। बाँकी २१ जना सांसद आफूसँग रहेको दाहाल–नेपाल समूहको दाबी छ।

‘पार्टी त फुटिसक्यो, घोषणा मात्रै नभएको हो,’ दाहाल नेपाल  समूहबाट नेकपाका एक प्रदेश कमिटी सदस्यले भने, ‘प्रदेशमा सरकार ढल्दैन तर, ओली पक्ष सत्ताबाट बाहिरिन्छ ।’ 

ओली समूह सत्ताबाट बाहिरिँदा सत्ता सञ्चालन झन् सहज हुने ती नेताको तर्क छ । ‘मुख्यमन्त्री नपाउँदा सुरुदेखि नै ओली समूहले सरकारलाई काम गर्न दिएको थिएन, ऊ बाहिरिएपछि सरकार सञ्चालन सहज हुन्छ।’ 

पार्टी विभाजनको औपचारिक घोषणापछि मुख्यमन्त्रीले ओली समूहका मन्त्रीलाई हटाउने ती नेता बताउँछन्। ‘ठूलै चमात्कार भएन भने  कर्णाली सरकारबाट ओली समूह सत्ताबाट बाहिरिन्छ,’ उनले भने। 

Laxmi sunrise bank
kumari

४० सदस्यीय प्रदेश सभामा कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्। नेकपाका ३३ मध्ये सभामुख राजबहादुर शाहीसहित ओली समूहका १२, प्रचण्ड समूहका १०, नेपाल समूहका ८, रामबहादुर थापा समूहका २ जना छन्। पूर्व माओवादीबाट सांसद बनेका दैलेखका धर्मराज रेग्मी भने खुलेका छैनन् ।

नेकपा विभाजन भएको खण्डमा दाहाल–नेपाल समूहमा १९ जना, ओली समूहमा १२ जना र बादल समूहमा २ जना सांसद रहन्छन्। 

रेग्मी प्रचण्ड क्याम्पमै आए र बादल समूह पनि दाहाल–नेपालमा मिसिएको खण्डमा अहिलेकै प्रदेश सरकार कायम रहने छ। 

‘प्रदेशमा दाहाल–नेपाल समूहकै बहुमत छ, नेकपा विभाजन भए पनि प्रदेश सरकार ढल्दैन’ प्रचण्ड निकट एक सांसदले भने, ‘मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका रेग्मी पनि हाम्रै लाइनमा छन्।’ 

ती सांसदले दुई तिहाई बहुमत पुर्‍याउन नेपाली कांग्रेसलाई पनि साथमा लिन सकिने दाबी गरे। 

यदि रेग्मी र बादल समूह ओलीसँग मिसिएको खण्डमा भने प्रदेश सभामा ओली समूहको संख्या १५ पुग्छ। कांग्रेसका ६ सांसदसहित, रेग्मी, बादल समूह र ओली समूह मिले मात्रै ओली समूहले पनि सरकारमा दाबी गर्न सक्छ। 

अहिले कर्णाली प्रदेश सरकारमा ओली समूहका दुई, प्रचण्ड समूह मुख्यमन्त्रीसहित दुई र नेपाल र रामबहादुर थापा ‘बादल’ समूहका एक/एक जना मन्त्री छन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी प्रचण्ड समूहका हुन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नन्दसिंह बुढा ओली समूहका हुन्। त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला नेपाल र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी बादल समूहका हुन् ।

असोज २५ गते १८ जना सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली समूहका आठ, नेपाल समूहका सात र प्रचण्ड समूहका तीन सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । ति मध्ये रेग्मीसहित ओली समूह अहिले पनि अविश्वासको प्रस्तावकै पक्षमा छन् ।

कुन सांसद कुन गुटमा ?

प्रचण्ड–नेपाल समूह– महेन्द्रबहादुर शाही, सीताकुमारी नेपाली, विमला केसी, रातो कामी, वीरबहादुर शाही, बिन्दमान विष्ट, पुष्पा घर्ति (बिष्ट), ठम्मरबहादुर बिष्ट, गोपाल शर्मा, गणेशप्रसाद सिंह, प्रकाश ज्वाला, सुशीलकुमार थापा, पद्मा खड्का, देवी ओली, चन्द्रबहादुर शाही, धर्मराज रेग्मी, कुर्मराज शाही, करविर शाही र अमरहादुर थापा।

बादल समूह– कृष्णा शाह (आचार्य) र नरेश भण्डारी

ओली समूह– राजबहादुर शाही (सभामुख), यामलाल कँडेल, गुलावजंग शाह, दल रावल, बद्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, पदमबहादुर रोकाय, खड्कबहादुर खत्री, कौशिलावती खत्री, नन्दसिंह बुढा र दानसिंह परियार।
 

प्रकाशित: Dec 22, 2020| 09:45 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।