आइतबार, असार २८, २०८३

चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ।

चेल्सीको स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा उसले पाहुना टिमविरुद्ध ३–० गोलको सहज जित निकालेको हो।

जितका लागि ट्यामी अब्राहमले दुई गोल गरे भने थियागो सिल्वाले एक गोल गरे। खेलको १० औं मिनेटमै मेसन माउन्टले दिएको पासलाई उपयोग गर्दै शिल्वाले हेडमार्फत् पहिलो गोल गरे।

शिल्वाको गोलसँगै पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो। 

सुरुवाती रोजाइमै परेका अब्राहमले टिमो वेर्नरको पासमा ७८ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने ८० औं मिनेटमा टाइट कोणबाट दोस्रो गोल गरे।

३–० गोलको जितसँगै चेल्सी अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ। जहाँ उसले १४ खेलबाट ७ जितसहित २५ अंक बनाएको छ।

पेचिलो  प्रतिस्पर्धा रहेको ईपीएलमा शीर्षस्थानको लिभरपुलको ३१ अंक छ भने दोस्रोस्थानको लेस्टरले २७ अंक बनाएको छ। 

तेस्रो र चौथो स्थानका म्यानचेस्टर युनाइटेड र एभर्टनको समान २६ अंक छ।

अंकतालिकामा छैटौं स्थानको टोटेनहम र चेल्सीको समान अंक छ।

सोमबार रातिकै अर्को खेलमा बर्नलीले उल्भरह्याम्टनलाई २–१ गोलले हराएको छ।
 

प्रकाशित: Dec 22, 2020| 02:25 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।