बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जो बाइडेनले लगाए फाइजर–बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप

जो बाइडेनले लगाए फाइजर–बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप

अमेरिकाका  नवनिर्वाचिन राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप लगाएका हुन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– अमेरिकाका  नवनिर्वाचिन राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप लगाएका हुन्। 

National life

बाइडेनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो।

सर्वसाधारणलाई खोप लगाउनु सुरक्षित हो भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन्।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए। उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् ।

अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन्। आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ।

Laxmi sunrise bank
kumari

अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन्। उनले खोप लगाउने क्रममा भने, ‘उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर मैले यस्तो गरेको हुँ । खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण छैन।’

बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन्।

प्रकाशित: Dec 22, 2020| 01:17 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।