सोमबार, चैत २, २०८२

ऐनअनुसार खेल संघहरू वर्गीकरण हुन्छन् : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलसंघको वर्गीकरण हुने बताएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेल संघको वर्गीकरण हुने बताएका छन्।

National life

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज त्रिपुरेश्वरमा आयोजना गरेको राष्ट्रिय संघहरूको अन्तर्क्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले खेलकुद विकास ऐनले खेल वर्गीकरणको व्यवस्था गरेको बताएका हुन्। 

नेपाली खेलकुदको विकासका लागि स्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकताअनुसार खेल संघहरू वर्गीकरण गरिने उनको भनाइ छ। 

राखेपका उपाध्यक्ष शिव कोइरालाले संघमा व्यक्ति एउटा तर दायित्व धेरै भएको पाइएको बताएका छन्। साथै उनले त्यो प्रथाको अन्त्य हुने दाबी गरेका छन्। 

'संघ धेरै भएर राज्यले धान्न नसकेको होइन, ' संघ विवाद समाधान समिति संयोजकसमेत रहेका उपाध्यक्ष कोइरालाले भने, 'कतिपय संघले गर्ने क्रियाकलापबाट खेलकुद बदनाम हुँदै आएको छ, अब यस्तो परिपाटी चल्दैन।'

Laxmi sunrise bank
kumari

राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिविधि क्रमशः सामान्य अवस्थामा आउँदै गरेको बताएका छन्। 

पुसबाट खेल कार्यक्रमले देश जोड्ने बताएका छन्। उनले भने, 'नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुस महिनाभर खेलकुदले मेची-महाकाली जोड्ने गरी सातवटै प्रदेशमा २/२ दिने कार्यक्रमको आयोजना गदैछौँ।'

संघहरूले प्रतियोगिता गर्नका लागि अनुमति मागिरहेको जानकारी गराउँदै उनले कोभिडको प्रभाव र असरलाई न्यूनीकरण गर्दै खेल क्षेत्रको विकास-विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुँदै जाने बताए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराएका थिए।

८० संघका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा संघहरूले आगामी नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समावेश गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित: Dec 21, 2020| 14:42 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।