सोमबार, चैत २, २०८२

पीएम कप महिला राष्ट्रिय क्रिकेट पुस ११ देखि १९ सम्म

प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ आगामी पुस ११ गतेबाट १९ गतेसम्म हुने भएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ आगामी पुस ११ गतेबाट १९ गतेसम्म हुने भएको छ।

National life

नेपाल क्रिकेट संघ (क्यान) ले आज (सोमबार) एक सूचना जारी गर्दै पीएम कपको तालिका सार्र्वजनिक गरेको हो।

तालिकाअनुसार प्रतियोगिताका सबै खेल दाङको लमही मैदानमा हुनेछन्। कपमा सात प्रदेशका सात टिम र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ सहभागी हुने छन्।

आठ टिमलाई दुई समूहमा बाँडेर खेल गराउने क्यानले जनाएको छ। जससमा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी समूह ए मा छन् भने सुदूरपश्चिम, वागमती, गण्डकी र प्रदेश १ समूह बीमा छन्।

समूह चरण अन्तर्गत एक दिनमा दुई खेल हुनेछन् भने सेमिफाइनलका दुबै खेल पुस १७ गते हुनेछन्। समूह चरण र सेमिफाइनल खेलबीच ब्रेक हुने छैन तर सेमिफाइनल र फाइनलबीच एकदिन खेलाडीले आराम पाउनेछन्।

Laxmi sunrise bank
kumari

तालिकाअनुसार फाइनल खेल पुस १९ गते हुनेछ।

पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता र बीको उपविजेताले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा समूह बीको विजेता र ए को उपविजेताले प्रतिस्पर्धा गर्नेछन्।Image

 

प्रकाशित: Dec 21, 2020| 13:40 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।