आइतबार, असार २८, २०८३

मानसिंह डोजोलाई ४ स्वर्ण र १ रजत

नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा चार स्वर्ण र एक रजत जितेको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं - नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा चार स्वर्ण र एक रजत जितेको छ।

मानसिंहका लागि महिला यू-९ मा अनु मोक्तान र पुरुष यू-१२ मा युनिक राना मगरले स्वर्ण जिते।

त्यस्तै १४-१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज् महेश महर्जनले जानकारी दिए। 

महिला यू-१३ मा सविना तामाङले रजत जितिन्। मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन्।

नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यू-१० कुमुतेमा स्वर्ण जिते।

सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए। जमन केही वर्षयता दक्षिण कोरियामा बस्दै आएका छन्।

एसकेडीयूएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे।

तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Dec 21, 2020| 12:18 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।