एजेन्सी- चीनमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको छ। पछिल्लो १० दिनमा करिब ३ सय जना डेल्टा भेरियन्टका संक्रमित फेला परेको बीबीसीले जनाएको छ।
डेल्टा भेरियन्ट देखिएपछि चीनले परीक्षणको दायरा बढाएको छ भने सार्वजनिक स्थानमा यात्रा र भिडभाड गर्न प्रतिबन्ध लगाएको छ।
डेल्टा भेरियन्ट देखिएपछि चीनले परीक्षणको दायरा बढाउँदै दैनिक लाखौंको संख्यामा परीक्षण गरिरहेको बीबीसीले जनाएको छ।
चीनले दर्जन बढी स्थानहरुमा डेल्टा भेरियन्ट फैलिएको हुन सक्ने अनुमान गरेको छ।
चीनले हालसम्म सर्वसाधारणलाई दिएको खोप विवरण सार्वजनिक नगरे पनि १ अर्ब ६० करोड डोज खोप लगाइसकेको छ।
चीनबाटै फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रणमा चीन सफल मानिएको छ। यद्यपि अहिलेसम्म पनि निर्मुल भने हुन सकेको छैन।
पूर्वी चीनको नानजिङ विमानस्थलमा पछिल्लोपटक विमान सफा गर्ने कर्मचारीमा संक्रमण रहेको पुष्टि भएको हो।
नानजिङमा कोरोना भाइरस रहेको पुष्टि भएपछि त्यहाँ लकडाउन गरिनुका साथै परीक्षणको दायरा फराकिलो बनाइएको छ।