सोमबार, साउन ११, २०८३

थाइल्याण्डको सी फुड मार्केटमा फैलियो कोरोना

थाइल्याण्डमा अचानक कोरोना भाइरसको संक्रमण फैलिएको छ। त्यहाँको सबैभन्दा ठूलो सी फुड मार्केटबाट संक्रमण फैलिएको हो।  
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– थाइल्याण्डमा अचानक कोरोना भाइरसको संक्रमण फैलिएको छ। त्यहाँको सबैभन्दा ठूलो सी फुड मार्केटबाट संक्रमण फैलिएको हो।  

बीबीसीका अनुसार संक्रमण बढेसँगै राजधानी बैंकक नजिकको तटीय क्षेत्रमा लकडाउन लागू गरिएको छ। 

संक्रमण फैलिएका भनिएको मार्केटमा काम गर्ने धेरैजसो आप्रवासी छन्। 

गत वर्ष पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस त्यसपछि थाइल्याण्डमा देखिएको थियो। त्यतिबेलै नियन्त्रणमा आइसकेको कोरोना अहिले फेरि देखिएको हो।  

गत साता समुद्र तटमा माछा बेच्ने एक महिलामा संक्रमण देखिएको थियो। एकजनालाई देखिएपछि सयौंको परीक्षण गर्दा अन्यमा पनि देखिएको हो।  

संक्रमणको पहिलो लहर देखिँदा थाइल्याण्डमा ४ हजारजति संक्रमित फेला परेका थिए भने ६० जनाको मृत्यु भएको थियो।

प्रकाशित: Dec 21, 2020| 07:32 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।