सोमबार, असार २९, २०८३

नेपाली खेलकुदको इतिहास अब डिजिटलमा 

एनओसीले नेपाली खेलकुदको इतिहासमै पहिलोपटक डिजिटल अभिलेखिकृत हुन लागेको बताएको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक संग्रहालयसँग गरेको सम्झौताअन्तर्गत ‘नेपाली खेलकुदको डिजिटल अभिलेखीकृत प्रोजेक्ट २०२०-२१’ सुरु गरेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत प्रोजेक्ट सुरु गरेको एनओसीले जनाएको छ। 

एनओसीले जारी गरेको प्रेस वक्तव्यमा लेखिएको छ, ‘प्रोजेक्टका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक सहयोग गरेको छ। जसका लागि एनओसी र संग्रहालयबीच सम्झौता भएर अगस्टबाट काम सुरु भइसकेको छ।’

एनओसीले नेपाली खेलकुदको इतिहासमै पहिलोपटक डिजिटल अभिलेखीकृत हुन लागेको बताएको छ।

साथै साे कार्यक्रम नयाँ पुस्ताका लागि खेलकुदको इतिहास हस्तान्तरण गर्न सहयोगी हुने पनि एनओसीको भनाइ छ। 

नेपाली खेलकुदमा इतिहासलाई अहिलेसम्म व्यवस्थित ढंगले समेट्न नसकिएकाले एनओसीले त्यसलाई परिपूर्ति गर्ने प्रयास थालेको हो।

‘संग्रहालयले नेपाली खेलकुदको सुरुआती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धिबारे अभिलेख राख्दै आएकोमा अब ती अभिलेखलाई डिजिटल आर्काइभमा सुरक्षित राखिनेछ,’ एनओसीले भनेको छ, ‘त्यस्तै खेलाडी र खेल संघबारे पनि जानकारी संकलन गरिने छ।’

अब प्रोजेक्टमा खेलको सुरुआत, खेल ऐनसम्बन्धी दस्तावेज खोज, कमिटीको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनका साथै अहिलेसम्मका तस्बिर र भिडियो संकलन गर्ने काम यस प्रोजेक्टबाट गरिने कमिटीले बताएको छ।

प्रकाशित: Dec 20, 2020| 12:01 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।