सोमबार, मंसिर २९, २०८२

रामजानकी विवाह सकियो, आज राम कलेवा

विवाह पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । शनिवार अबेर राति सयौं श्रद्धालुलाई साक्षी राखेर रामजानकीको विवाह सम्पन्न भएको हो। 
 |  आइतबार, पुस ५, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, पुस ५, २०७७

जनकपुरधाम- विवाह पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । शनिवार अबेर राति सयौं श्रद्धालुलाई साक्षी राखेर रामजानकीको विवाह सम्पन्न भएको हो। 

National life

जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मण्डपमा मैथिली संस्कृतिअनुसार भएको विवाहमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए। विवाह समारोहमा महन्थ वैष्णव राजर्षि जनकको भूमिकामा थिए भने राम मन्दिरका महन्थ राम गिरि राजा दशरथको भूमिका निर्वाह गरेका थिए। 

भारतको अयोध्यामा निमन्त्रणा नपठाइएका कारण राम मन्दिरबाट आएका साधु सन्तका साथै पूजारीहरु जन्तीमा सहभागी भएका थिए । 

यता आजै राम कलेवा विधि गरेर सप्ताहव्यापी विवाहपन्चमी महोत्सव सम्पन्न हुनेछ । जानकी मन्दिर मै राम मन्दिरबाट जन्ती बनेर आएकाहरुलाई भोजन गराएर विदाइ गरेपश्चात विवाह पन्चमी महोत्सव सम्पन्न हुनेछ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 20, 2020| 02:30 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।