आइतबार, असार २८, २०८३

सिटीको साँघुरो जित, आर्सनल एभर्टनसँग पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले साउथह्याम्टनविरुद्ध साँघुरो जित निकालेको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले साउथह्याम्टनविरुद्ध साँघुरो जित निकालेको छ।

साउथह्याम्टनको मैदानमा शनिबार राति सम्पन्न खेलमा सिटीले १–० गोलको जित निकालेको हो।

सिटीको जितका लागि खेलको १६ औं मिनेटमा रहिम स्टार्लिङले गोल गरेका थिए। उनले केभिन डि ब्रुनको पासमा गरेको गोल नै खेलको निर्णायक बन्यो।

संघर्षपूर्ण जितसँगै सिटी अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। उसले १३ खेलबाट २३ अंक बनाउँदा पराजित साउथह्याम्टनले १४ खेलबाट २४ अंक जोडेको छ। साउथह्याम्टन तालिकाको पाँचौ स्थानमा छ।

शनिबार रातिकै अर्को खेलमा एभर्टनले आर्सनललाई २–१ गोल अन्तरले हराएको छ।

एभर्टनको मैदानमा सम्पन्न खेलको २२ औं मिनेटमै आर्सनलका रोब होल्डिङले आत्मघाति गोल गरेर एभर्टनलाई अग्रता दिलाएका थिए।

त्यसपछि ३५ औं मिनेटमा पाहुना टिमका निकोलस पेपेले पेनाल्टीमार्फत् गोल गरेरर बराबरी गरे पनि उनको बराबरी लामो समय टिकेन्।

पहिलो हाफको अन्तिम मिनेटमै एभर्टनका येरी मिनाल गोल गर्दै घरेलु टिमलाई जित दिलाए।

जितसँगै १६ अंक जोडेको एभर्टन अंकतालिकाको दोस्रो स्थानमा छ।
 

प्रकाशित: Dec 20, 2020| 02:29 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।