आइतबार, असार २८, २०८३

बार्सिलोनाको ड्रमा मेस्सीले गरे पेलेको रेकर्डसँग बराबरी

बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले ब्रजिल लेजेन्ड पेलेको रेकर्डसँग बराबरी गरेका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले ब्रजिल लेजेन्ड पेलेको रेकर्डसँग बराबरी गरेका छन्।

मेस्सीले शनिबार राति घरेलु मैदानमा भ्यालेन्सियासँग बराबरी खेल्ने क्रममा क्लबका लागि ६४३ गोल पुरा गरे।

उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा हेडर डाइभ मार्फत् गोल गर्दै पेलेले एकै क्लबमा गरेको गोल रेकर्ड तोडेका हुन्।

एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसके पनि त्यसको एक मिनेट नबित्दै उनले गोल गरे।

उनको गोलसँगै बराबरीमा आएको बार्सिलोनाका रोनाल्ड अराउजोले ५२ औं मिनेटमा गोल गर्दै अग्रता बनाए। 

तर अग्रता भ्यालेन्सियाका म्याक्सिमिलो जोमेजले ६९ औं मिनेटमा तोडेपछि खेल पुनः बराबरी भयो।

क्याम्प नाउमा २–२ गोलको बराबरीसँगै २१ अंक बनाएको बार्सिलोना पाँचौ स्थानमा छ भने पराजित भ्यालेन्सिया १२ औं स्थानमा छ।

ला–लिगाको गएराति सम्पन्न खेलमा सेभियाले भाल्लाडोलिडसँग १–१ गोलको बराबरी खेलेको छ भने लेभान्टेले घरेलु मैदानमा रियल सोसिडाडलाई हराएको छ।

यससँगै शीर्षस्थानमा एथ्लेटिको मड्रिडले दोस्रो स्थानको टिम सोसिडाडसँग तीन अंकको अग्रता बनाएको छ।

लिगमा एथ्लेटिकोले १२ खेल खेलेको छ भने सोसिडाडले १५ खेल खेलेको छ। यता १३ खेलमा सहभागी रियल मिड्रड २६ अंकका साथ तेस्रो स्थानमा छ।
 

प्रकाशित: Dec 20, 2020| 02:07 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।