आइतबार, असार २८, २०८३

रोनाल्डोको २ गोलसँगै युभेन्टसको अपराजित यात्रा कायमै

फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्टसले इटालियन सिरी–ए मा अपराजित यात्रा कायम राखेको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्टसले इटालियन सिरी–ए मा अपराजित यात्रा कायम राखेको छ।

पार्माको मैदानमा शनिबार राति सम्पन्न खेलमा ४–० गोलको जित निकाल्ने क्रममा रोनाल्डोले दुई गोल गरे। जितसँगै साविक विजेताको अपराजित यात्रा कायम छ।

खेलको २३ औं मिनेटमा अल्भेरो मोराटाले दिएको पासलाई डेजन कुलुसेभ्स्कीले गोलमा परिणत गरेपछि रोनाल्डोेले लगातार दुई गोल गरे।

उनले मोराटाको पासबाट २६ औं मिनेटमा र आरोन रामसेको पासमा ४८ औं मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता तेब्बर बनाउनुका साथै लिगमा १२ गोल पुर्याए।

रोनाल्डोपछि खेलको ८५ औं मिनेटमा गोल गर्दै मोराटाले साविक विजेतालाई फराकिलो जित जिलाउन सहयोग गरे।

गएरातिको जितसहित लिगमा अपराजित युभेन्टस २७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। १३ खेलमा सहभागी बनेको युभेन्टसले ६ खेल बराबरी खेलेको छ।

तर शनिबार रातिको खेलले लिगमा एक खेल कम खेलेका इसी मिलान र इन्टर मिलानलाई दबाब बनेको छ। किनभने उनीहरु क्रमशः २८ र २७ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्।

यता युभेन्टससँग पराजित पार्मा भने १२ अंकका साथ १२ औं स्थानमा छ। सिरी–एको शनिबार राति सम्पन्न बाँकी खेलमा फियोरेन्टिनाले वेरोनासँग एकएक गोलको बराबरी खेलेको छ।

साम्दोरियाले घरेलु मैदानमा क्रोटोनलार्ई ३–१  गोल अन्तरले हराएको छ।

प्रकाशित: Dec 20, 2020| 01:36 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।