आइतबार, असार २८, २०८३

लेवान्डोस्कीको गोलले बायर्न बुन्डेसलिगाको शीर्षस्थानमा

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै बायर्न म्युनिक शीर्षस्थानमा उक्लिएको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै बायर्न म्युनिक शीर्षस्थानमा उक्लिएको छ।

लिभरकुसनको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले पुनरागनम जित निकालेर शीर्षस्थानमा रहने अवसर पाएको हो।

त्यसभन्दा पहिले शीर्षस्थानमा रहेको लिभरकुसनलाई बार्यनले २–१ गोलले हराउँदा दुवै गोल फिफा वर्ष उत्कृष्ट खेलाडी रोबर्ट लेवान्डोस्कीले गरे।

एक गोलले पछि परेको अवस्थाबाट लेवान्डोस्कीले बायर्नलाई जित दिलाएका हुन। उनले पहिलो हाफको ४३ औं मिनेटमा र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे।

गोलका लागि पहिलो हाफमा थोमस मुलरले पास उलब्ध गराएका थिए भने दोस्रो हाफमा जोसुवा किमिचले पास दिएका थिए।

लेवान्डोस्कीको विजयी गोलसँगै बायर्नले अंकतालिकामा ३० अंक जोडेर शीर्षस्थामा रहँदा दोस्रो र तेस्रो स्थानमा लिभरकुसन र लाइप्जिकको समान २८ अंक छ।

बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न अन्य खेलमा लाइप्जिकले कोल्नसँग गोलरहित बराबरी खेलेको छ भने फ्रान्कफर्टले आउग्सबर्गलाई २–० गोलले हराएको छ।
 

प्रकाशित: Dec 20, 2020| 01:07 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।