सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एथ्लेटिकोकाे जितमा सुवारेजको दुई गोल, शीर्षस्थानमा अंक दूरी बढायो

एथ्लेटिकोकाे जितमा सुवारेजको दुई गोल, शीर्षस्थानमा अंक दूरी बढायो

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा हेभिवेट टिम एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा हेभिवेट टिम एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ।

National life

एथ्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम एल्चेलाई ३–१ गोल अन्तरले हराउँदै जित निकालेको हो। जितसँगै एथ्लेटिकोले शीर्षथानमा पकड बनाएको छ भने अंक दूरी पनि बढाएको छ।

घरेलु टिमको जितका लागि सुवारेजले दुई गोल गरे भने डियागो कोस्टाले एक गोल गरे। खेलको ४१ औं मिनेटमा गोल गर्दै सुवारेजले एथ्लेटिकोलाई सुरुवाती अग्रता प्रदान गरेका थिए।

त्यस्तै, उनले नै खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सहज अवस्थामा पुर्याए।

तर, एल्चेका लुकास बोयले ६४ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन चाहे पनि फर्कन सकेनन्। बरु एथ्लेटिकोका कोस्टाले ८० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे।

Laxmi sunrise bank
kumari

१२ खेल खेलेको एथ्लेटिकोले कोस्टाको गोलसँगै लिगमा ३–१ गोलको नवौं जित निकाल्यो। जितसँगै उसले अंकतालिकामा २९ अंक जोडेको छ।

यता दुई खेल धेरै खेलेको रियल सोसिडाड २६ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै १३ खेलमा सहभागी बनेको रियल मड्रिड २६ अंकका साथ तेस्रो स्थानमा छ।
 

प्रकाशित: Dec 19, 2020| 16:09 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।