आइतबार, असार २८, २०८३

नेयमार जनवरीमा मैदान फर्कन्छन् : पीएसजी

डिसेम्बर १३ मा लियोनविरुद्ध सम्पन्न लिग वानको खेलमा चोटग्रस्त बनेका ब्राजिलियन फरवार्ड नेयमार आउँदो जनवरीमा मैदान फर्कने भएका छन्।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं– डिसेम्बर १३ मा लियोनविरुद्ध सम्पन्न लिग वानको खेलमा चोटग्रस्त बनेका ब्राजिलियन फरवार्ड नेयमार आउँदो जनवरीमा मैदान फर्कने भएका छन्।

घुँडाको चोटका कारण नेयमारलाई मैदानबाट स्ट्रेचरमा बोकेर बाहिर निकाल्नु परेको थियो। 

यस्तो अवस्थामा नेयमारको चोट ठीक हुन कति समय लाग्छ भन्ने स्पष्ट भइसकेको थिएन।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एक सूचना जारी गर्दै उनी जनवरीमा मैदान फर्कने बताएको हो।

खेलका क्रममा उनलाई मैदानमा लडाएका लियोनका थियागो मेन्डेस खेलमा रेडकार्ड पाएर मैदान बाहिरिएका थिए।

‘उनको हड्डीमा केही चोट लागेको छ र उनी उपचारका क्रममा छन्। उनी जनवरीमा मैदान फर्कन सक्ने अपेक्षा गरिएको छ,’ पीएसजीले जारी गरेको सूचनामा भनिएको छ।

यता पीएसजीका प्रशिक्षक थोमस टुचेलले डिसेम्बरको १३ को खेलपछि नेयमारले आज (आइतबार)को खेलमा मैदान पस्ने बताएका थिए। तर, उनी फर्कन सकेनन्।

पीएसजीले आउँदो वर्षको फेब्रुअरी १७ मा नेयमारले पूर्वक्लब बार्सिलोनाविरुद्ध प्रि-क्वार्टरफाइनलमा खेल्न पाउने बताएको छ। पीएसजी र बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा आपसमा प्रतिस्पर्धा गर्दैछन्।

नेयमार २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा फ्रेन्च क्लब गएका थिए।

उनले फ्रेन्च क्लबलाई तीन लिग वान जिताएका छन् भने टिमलाई पहिलो पटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका छन्।

प्रकाशित: Dec 19, 2020| 15:29 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।