आइतबार, असार २८, २०८३

क्रिस्टलको मैदानमा लिभरपुलको सात गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले सानदार जित निकालेको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले सानदार जित निकालेको छ।

क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई ७–० गोलले हराएको हो।

लिभरपुलको उत्कृष्ट जितमा रोबर्टो फर्मिनो र मोहम्मद सलाहले समान २–२ गोल गरे भने साडियो माने र जेम्स हेन्डरसनले १–१ गोल गर्दा मिनमिनोले सुरुवाती गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै मानेको पासमा मिनमिनोले गोल गरेपछि फर्ममा देखिएको लिभरपुलले पहिलो हाफको ३५ औं र ४४ औं मिनेटमा दुई गोल थप्यो।

३५ औं मिनेटमा फर्मिनोले मानेलाई गोलका लागि पास मात्र दिएनन्, अग्रता तेब्बर बनाउन रोबर्टसनको पासलाई ४४ औं मिनेटमा आफैंले गोलमा परिणत गरे।

पहिलो हाफमा तीन गोलले अघि रहेको टिमले दोस्रो हाफमा चार गोल थप्यो। ५२ औं मिनेटमा अलेक्जेन्डर अर्नोल्डको पासमा हेन्डरसनले गोल गरे।

त्यसपछि मानेको स्थान लिँदै मैदान पसेका सलाहले ६८ औं मिनेटमा फर्मिनोले गोल गर्दा एसिस्ट गरे। उनले एक एसिस्ट मात्र गरेनन ८१ औं र ८४ औं मिनेटमा दुई गोलसमेत गरे।

सानदार जितसँगै लिभरपुलले शीर्षस्थानमा अंक दूरी बढाएको छ। पछिल्लो खेलमा टोटेनहमलाई हराउँदै शीर्षस्थान कब्जा गरेको लिभरपुलले शीर्षस्थानमा ३१ अंक बनाउँदा एक खेल कम खेलेको टोटेनहमको २५ अंक छ।

यता पराजित क्रिस्टल प्यालेस १२ औं स्थानमा छ।
 

प्रकाशित: Dec 19, 2020| 14:48 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।