शुक्रबार, भदौ १९, २०८३

एसियन पुम्सेमा तीन नेपाली खेलाडीलाई स्वर्ण

सञ्जीव नेपालीसहित तीन नेपाली खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- सञ्जीव नेपालीसहित तीन नेपाली खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्यामि्पयनसिपमा सञ्जीवले अमेरिकाका कि्लभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा कि्लभले ४.४८३ स्कोर जोडेका थिए। महिला १८–३० उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईले सफलता पाइन्। उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन्। सन्दीपाले ५.५० स्कोर र सानोनले ५.४० स्कोर प्राप्त गरेकी थिइन्।

नेपालका प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जिते। प्रेमकुमारले कुल ५.०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए। थोरै स्कोरले पछि परेका टिमले ५ स्कोर बटुलेका थिए। गत जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्यामि्पयनसिपमा आयोजक राष्ट्रद्वय अमेरिका र फिलिपिन्ससहित नेपाल, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Aug 02, 2021| 15:17 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।