काठमाडौं- चार खेलको अष्ट्रेलिया-इन्डिया टेस्ट सिरिजअन्तर्गत पहिलो इनिङमा भारतले बनाएको सामान्य रनको लक्ष्य पूरा नगर्दै अष्ट्रेलिया अलआउट भएको छ।
एडिलेड मैदानमा जारी पाँच दिनको प्रतियोगिताअन्तर्गत २४५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले दोस्रो दिनको खेलमा १९१ रन बनाउँदै सम्पूर्ण विकेट गुमाएको हाे।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डियाले कमजोर सुरुआत गर्दै ९३.१ ओभरमा २४४ रन बनाएको थियो।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाए भने चेतेस्वर पुजारा र अजिंक्य रहाणेले क्रमशः ४३ र ४२ रन बनाए।
यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले चार र पट कमिन्सले तीन विकेट लिए।
पहिलो इनिङमा २४५ रनको लक्ष्य पछ्याएको घरेलु टिम ७२.१ ओभर खेल्दै १९१ रनमा अलआउट हुँदा इन्डियाले ५३ रनले लिड गरेको छ।
अष्ट्रेलियाका टिम पन र मार्नस लबुसेनले क्रमशः ७३ र ४७ रनको योगदान दिएर घरेलु टिमलाई बचाएका छन्।
भारतका लागि रविचन्द्र अश्विन, उमेश यादव र जसप्रित बुमराहले क्रमशः ४, ३ र २ विकेट लिए।
दोस्रो दिनको डे-नाइट खेलमा पहिलो इनिङ सकिएपछि भारतले दोस्रो इनिङको ब्याटिङ सुरु गरेको छ।