सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : पिपुल्स च्वाइसमा गौरिकासहित ५ खेलाडी मनोनीत

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : पिपुल्स च्वाइसमा गौरिकासहित ५ खेलाडी मनोनीत

नेपाल खेलकुद पत्रकार मञ्च (एनसजेएफ)ले आयोजना गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक भएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनसजेएफ)ले आयोजना गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक भएको छ।

National life

अवार्डका लागि गौरिका सिंह, अरुणा शाही, मण्डेकाजी श्रेष्ठ, सदिना श्रेष्ठ र सावित्रा भण्डारी मनोयनन भएका छन्।

आज शुक्रबार काठमाडौंमा एक कायक्रम गर्दै एनएसजेएफले पिपुल्स च्वाइस अवार्डका लागि मनोनित खेलाडीको नाम सार्वजनिक गरेको हो।

यो सिजनमा एनएसजेएफले हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य गर्दै अवार्डको नाम एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड राखेको छ। त्यस्तै, अवार्डको सहप्रायोजनका लागि आज ईसेवाले सम्झौता गरेको छ।

मनोयननमा परेका खेलाडीलाई ईसेवामार्फत् भोट गर्न सकिने ईसेवाका चिफ अपरेटिङ अफिसर रोशन लामिछानेले बताए।

Laxmi sunrise bank
kumari

ईसेवाको भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकार र प्रशिक्षकको भोटका आधारमा विजेता घोषणा गरिने छ। भोटिङ पुस २७ गते राति १२ बजेसम्म गर्न पाइनेछ।

यही पुस २८ गते हुने अवार्ड कार्यक्रममा चारजना खेलाडी र प्रशिक्षिकले मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका अवार्ड विजेताले गिफ्ट ह्याम्परसहित जनही ५० हजार रूपैयाँ पाउने छन्।

अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।

त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पारा एथलिट अवार्ड मनकेसी चौधरी र लाइइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।

यो वर्षको खेलाडी छनोटका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको थियो।

२०५२ सालमा स्थापित एनएसजेएफले २०६० सालबाट निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै छ। एनएसजेएफले यो वर्षको कार्यक्रम विगतको भन्दा फरक तरिकाले गर्ने बताएको छ।

‘कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गर्नुपर्ने भएको छ,’ मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले भने।
 

प्रकाशित: Dec 18, 2020| 07:30 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।