काठमाडौं- लिभरपुलाका प्रशिक्षक योर्गेन क्लोपले फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। उनले लगातार दोस्रो वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जितका हुन्।
प्रशिक्षकले अघिल्लो सिजन भिपरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि जिताएका थिए। २०१९ को च्याम्पियन्स लिग जित्दै उपाधि जितेका क्लोपले यो वर्ष प्रिमियर लिगको उपाधिसँगै अवार्ड जिते।
उनले बायर्नका बोस हान्सी फ्लिक र लिड्सका प्रशिक्षक मार्सेलो बिइल्सालाई पछि पार्दै उपाधि जितेका हुन्।
‘म छकक परेँ, यदि मैले यो उपाधि जित्छु भन्ने लागेको भए पोहोर जस्तै मेरा प्रशिक्षकहरु यहीँ हुन्थे,’ अवार्ड घोषणा भएपछि क्लोपले भने, ‘मैले धन्यवाद दिनुपर्ने धेरै मान्छे हुनुहुन्छ। जसमा मैले मेरा प्रशिक्षकहरुलाई भुल्नु हुँदैन्। यो सबै मेरा खेलाडीहरुले गर्दा भएको हो।’
सन ह्युङ मिन बने बेस्ट गोल गर्ने खेलाडी
टोटेनहम हट्स्पुरका फरवार्ड सन ह्युङ मिनले पुस्कस वेस्ट गोलको अवार्ड जितेका छन्। उनले गतवर्ष वर्नलीविरुद्ध गरेको एकल गोलका कारण उनले यो अवार्ड जितेका हुन्।
दक्षिण कोरियाका खेलाडी सनले एउटा बक्सबाट अर्को बक्समा दोडिएर बर्नलीको डिफेन्सलाई काट्दै गोल गरेका थिए।
‘यो धेरै रमाइलो छ,’ सनले अवार्ड पाएपछि भने, ‘जब मैले त्यो बल पाएँ, मैले पास दिन खोजेँ जुन मैले आफ्नो बक्समा पाएको थिएँ। त्यहाँ मैले कुनै विकल्प नै पाइन र अफैं लान खोजेँ त्यसको दुई सेकेन्डपछि नै गोलको अघि थियो। त्यो एक सुन्दर गोल थियो।’
२००९ मा स्थापना गरिएको यो अवार्डको नाम रियल मड्रिडका खेलाडी फेरेन्स पुस्कसको नाममा राखिएको हो।
यस्तो छ फिफाको उत्कृष्ट पुरुष टिम
गोलकिपर- एलिसन
रक्षक- ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, भर्जिल भान डाइक, सर्जियो रामोस, अल्फान्सो डाविस
मिडफिल्डर- जोसुवा किमिच, केभिन डि ब्रुन, थियागो
फरवार्ड- लियोनेलस मेस्सी, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो