सोमबार, असार २९, २०८३

ईपीएलमा म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडविरुद्ध जित निकालेको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडविरुद्ध जित निकालेको छ।

शेफल्डको ब्रमल लेनमा सम्पन्न खेलमा पाहुना टिम म्यानचेस्टरले ३–२ गोलको जित निकालेको हो।

एक गोलले पछि परेको अवस्थाबाट जितसम्म पुर्याउन म्यानचेस्टरका मार्कस रासफर्डले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गोले गरे।

यता शेफिल्डका डेबिड म्याक गोड्रिकले खेलको पाँचौ मिनेटमै अग्रता बनाए पनि उसले २६ औं मिनेटपछि अग्रता कायम राख्न सकेन। 
म्यानचेस्टरका रासफर्डले लिन्डलफको पासमा गोल गर्दा खेल बराबरीमा आयो।

बराबरीपछि म्यानचेस्टका मार्सियलले ३३ औं मिनेटमा गोल गर्दा पाहुना टिमले अग्रता आफ्नो पक्षमा पार्यो।

पहिलो हाफमा अग्रता खोसेको पाहुना टिमका मार्सलेले ५१ औं मिनेटमा गोल गर्दैै ३–१ गोलले क्ललाई अघि पुर्याए र, ८७ औं मिनेटमा शेफिल्डका म्याक गोड्रिकले गोल गरेपछि भने खेलको नजिता ३–२ भयो।

अवे मैदानमा ३–२ गोलको जितसँगै युनाइटेड अंकतालिकाको छैटौं स्थानमा छ भने शेफिल्ड पुछारमा छ। 

युनाइटेडले २३ अंक बनाउँदा शेफिल्डले एक अंक मात्र जोड्न सकेको छ।

त्यस्तै, बिहीबार राति नै सम्पन्न अर्को खेलमा एस्टोन भिल्लाले बर्नलीसँग गोलरहित बराबरी खेलेको छ।
 

प्रकाशित: Dec 18, 2020| 01:35 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।