आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डो र मेस्सीलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष उत्कृष्ट खेलाडी

रोनाल्डो र मेस्सीलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष उत्कृष्ट खेलाडी

जर्मन क्लब बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफा पुरुष वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– जर्मन क्लब बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफा पुरुष वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

जुरिचमा सम्पन्न कार्यक्रमबीच फिफाले दिने सर्वोच्च अवार्डका लागि उनले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन्।

गतवर्षको उपाधि बार्सिलोनाका कप्तान मेस्सीले जितेका थिए। यो वर्षको अवार्ड जितेका पोल्यान्ड फरवार्ड लेवान्डोस्कीले गत सिजनका ४७ खेलमा ५५ गोल गरेका थिए।

उनले च्याम्पियन्स लिगमा मात्र १५ गोल गरे। जसले क्लबलाई उपाधि दिलाउन ठूलो सहयोग गर्यो। यसकारण उनी लिग, कप र च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता भए।

फिफाको यो उपाधि राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, दुई सय मिडिया प्रतिनिधि र समर्थकको अनलाईनबाट प्राप्त भोटका आधारमा  वितरण गरिन्छ।

मेस्सी र रोनाल्डोको वर्चस्व रहेको समयमा लेवान्डोस्कीले पहिलोपटक यो उपाधि जितेका हुन्।

‘यदि रोनाल्डो र मेस्सीकाबीच यो अवार्ड पाइन्छ भने त्यो अविश्वसनीय छ, यो मेरो लागि ठूलो कुरा हो,’ लेवान्डोस्कीले भने।

त्यस्तै, बायर्नकै गोलकिपर म्यानुएल नेउर उत्कृष्ट गोलकिपर घोषित भएका छन्। उनले एट्लेटिको मड्रिडका जा ओब्लाक र लिभरपुलका किपर एलिसन बेकरलाई पछि पार्दै अवार्ड जिते।

जर्मनका अन्तर्राष्ट्रिय गोलकिपरले ३३ खेलमा ३१ गोल मात्र मिस गरेका छन्। उनले च्याम्पियन्स लिगका महत्वपूर्ण गोलहरु पनि रोकेका थिए।
 

प्रकाशित: Dec 18, 2020| 01:24 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।