आइतबार, असार २८, २०८३

नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन्।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

पोखरा– राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकुदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।”

सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकुदको तयारी गरिनेसमेत स्पष्ट पारे।

उनले सङ्घ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकुद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए।
–रासस
 

प्रकाशित: Dec 17, 2020| 10:36 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।