आइतबार, असार २८, २०८३

एम्बाप्पेको गोलसँगै पीएसजीको जित

 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं – निलो कपाल बनाएर नयाँ लुक्समा देखिएका फरवार्ड केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन(पीएसजी)ले घरेलु मैदानमा लोरियन्टलाई हराएको छ।

फ्रेन्च लिग वानको बुधबार राति सम्पन्न खेल अन्तर्गत पीएसजीले पाहुना टिमलाई २–० गोलले हराएको हो।

पीएसजीको जितका लागि एम्बाप्पेले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अग्रता बनाए। उनलाई लोरियन्टका एन्ड्रिउ ग्राविलियनले फल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो।

यता लोरियन्टका ग्राविलियनलाई रेफ्रीले रेडकार्ड देखाएपछि उनी मैदानबाट बाहिरिएका थिए।

१० खेलाडीमा सीमित लोरियन्टविरुद्ध राफिन्हाको पासमा किनले ६१ औं मिनेटमा गोल गर्दा पीएसजीको अग्रता दोब्बर भएको थियो।

सोही अग्रताका साथ पीएसजीले जित निकाल्यो। जितका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको पीएसजी  शीर्षस्थानको लिल्ल भन्दा एक अंकले पछि छ।

गएरातिको गोलसँगै एम्बाप्पेले पीएसजीबाट १०३ गोल गरेका छन्।

प्रकाशित: Dec 17, 2020| 02:19 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।