आइतबार, असार २८, २०८३

बायर्नको जितसँगै बुन्डेसलिगामा लेवान्डोस्कीको २५० गोल

जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक विजेता बायर्नले वुल्भ्सबर्गविरुद्ध २–१ गोलको जित निकालेको छ।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक विजेता बायर्नले वुल्भ्सबर्गविरुद्ध २–१ गोलको जित निकालेको छ।

बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा जित निकाल्दा फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुन्डेलिगामा २५० गोल पूरा गरेका छन्। 

एक गोलले पछि परेको अवस्थामा बायर्नका लेवान्डोस्कीले क्लबका लागि दुई गोल गदैै जित दिलाए।

खेल सुरु भएको पाँच मिनेटमै उल्भ्सबर्गका म्याक्सिमिलन फिलिपले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

लामो समयसम्म टिकेको उनको अग्रता पहिलो हाफमा अतिरिक्त समयमा लेवान्डोस्कीले तोडेका थिए। किंग्सले कोमानले पास उपल्ब्ध गराएपछि लेवान्डोस्क गोल गर्न सफल बने।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेवान्डोस्कीले अर्को गोल थपे। उनले ५० औं मिनेटमा जे बोयटङको पासमा गोल गर्दा २५१ औं गोलसमेत गर्न भ्याए। जसबाट बायर्नले खेलमा अग्रता बनायो।

सोही अग्रताका साथ जित निकालेको बायर्न अंकतालिकाको दोस्रो स्थानमा छ भने शीर्षस्थानको लिभरकुसनभन्दा एक अंक पछि छ।

अंकतालिकाको तेस्रो स्थानमा लाइप्जिक छ भने डर्टमन्ड चौथो स्थानमा छ। लाइप्जिकको २७ अंक छ भने डर्टमन्डको २२ अंक छ।

बुन्डेलिगामा गएराति सम्पन्न अन्य खेलमा लिभरकुसनले कोल्नलाई ४–० गोलले हराएको छ भने आउग्सबर्गले अर्मिनियालाई १–० गोलले हराएको छ।
 

प्रकाशित: Dec 17, 2020| 01:43 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।