आइतबार, असार २८, २०८३

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टसको बराबरी

स्ट्राइकर रोनाल्डो पेनाल्टीमा चुकेपछि साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– स्ट्राइकर रोनाल्डो पेनाल्टीमा चुकेपछि साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ।

बुधबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम एटलान्टासँग १–१ गोलको बराबरी खेलेको हो।

प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका फेडेरिको चिइसा र एटलान्टाका रेमो फ्रेउलरले गोल गरे। 

खेलको २९ औं मिनेटमा बेन्टाकुलरले दिएको पासलाई सदुपयोग गर्दै चिइसाले गोल गरे।

उनको गोलसँगै पहिलो हाफमा घरेलु टिमले अग्रता बनाए पनि ५७ औं मिनेटमा फ्रेउलरले गरेको गोलसँगै अग्रता गुम्यो।

बराबरीको अवस्थामा युभेन्टसले पाएको पेनाल्टी रोनाल्डोले चार्ज गरे पनि एटलान्टाका किपरले पोस्टभित्र छिर्न नदिएपछि खेल बराबरीमा रोकियो।

रोनाल्डो सिरी एमा कुल छ पटक पेनाल्टीमा चुकेका छन्। 

बराबरीसँगै युभेन्टस तेस्रो स्थानमा छ भने शीर्षस्थानको एसी मिलानभन्दा छ अंक पछि छ। त्यस्तै, एटलान्टा आठौं स्थानमा छ।

इटालियन सिरी ए का अन्य खेलमा एसी मिलानले जिनोआसँग २–२ गोलको बराबरी खेलेको छ।

त्यस्तै, इन्टर मिलानले नापोलीविरुद्ध १–० गोलको साँघुरो जित निकालेको छ।

लिगका शीर्षस्थानमा रहेको एसी मिलानको २८ अंक छ भने दोस्रो स्थानको इन्टर मिलानको २७ अंक छ। युभेन्टसको २४ अंक रहँदा नापोलीको २३ अंक छ।
 

प्रकाशित: Dec 17, 2020| 01:31 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।