सोमबार, चैत २, २०८२

बार्सिलोनाले हरायो शीर्षस्थानको रियल सोसिडाडलाई

बार्सिलोनाले ला–लिगामा शीर्षस्थानको रियल सोसिडाडलाई हराएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– बार्सिलोनाले ला–लिगामा शीर्षस्थानको रियल सोसिडाडलाई हराएको छ। 

National life

क्याम्प नाउमा बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै बार्सिलोनाले सोसिडाडलाई २–१ गोलले हराएको हो।

हारसँगै रियल सोसिडाडको शीर्षस्थान गुमेको छ भने एट्लेटिको मड्रिडले शीर्षमा स्थान बनाएको छ।

यता सोसिडाडलाई शीर्षमा रहन नदिन बार्सिलोनाका जोर्डी अल्बा र फ्रेंकी डि जोङले गोल गरे। 

एक गोलले पछि परेको अवस्थामा अल्वाले ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै अल्वाको गोलको ८ मिनेट नबित्दै डि जोङले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए।

पहिलो हाफअघि नै बनेको २–१ गोलको अग्रता दोस्रो हाफ सम्पन्न भएसम्म कायम रहेपछि सोही नजिताका साथ बार्सिलोनाले खेल जितेको हो।

जितसँगै बार्सिलोना आठौं स्थानबाट पाँचौ स्थानमा पुगेको छ भने हारका बाजबदुल सोसिडाड दोस्रो स्थानमा छ।

बार्सिलोना शीर्षस्थानमा बराबरी अंक भएका तीन टोलीभन्दा ६ अंकले पछि छ।

अंकतालिकाको तेस्रो स्थानमा रियल मड्रिड छ भने चौथो स्थानमा भिल्ला रियल छ।
 

प्रकाशित: Dec 17, 2020| 01:07 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।