सोमबार, चैत २, २०८२

टोटेनहमलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा

लिभरपुलको जितका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले समान १–१ गोल गरे। खेलको २६ औं मिनेटमा १८ यार्डबाट गोल गर्दै सलाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– शीर्षस्थानमा रहेको टोटेनहमलाई हराउँदै साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।

National life

लिभरपुलको एनफिल्ड रंगशालामा बुधबार राति सम्पन्न खेलमा  लिभरपुलले पाहुना टिम टोटेनहमलाई २–१ गोलले हराएको हो।

लिभरपुलको जितका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले समान १–१ गोल गरे। खेलको २६ औं मिनेटमा १८ यार्डबाट गोल गर्दै सलाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए।

तर टोटेनहमका लो कास्लोले दिएको पासलाई सदुपयोग गर्दै सन ह्युङ मिनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। यससँगै पहिलो हाफमा खेल बराबरीमा रोकियो।

दोस्रो हाफमा पनि लामो समय प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम मिनेटमा फर्मिनोल गोल गर्दै पुनः अग्रता बनाए। यसपटक उनलाई एन्ड्रिउ रोबर्टसनले पास उपलब्ध गराएका थिए।

Laxmi sunrise bank
kumari

जितसँगै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ भने टोटेनहम दोस्रो स्थानमा छ। खेलअघि दुवै टोलीको समान २५ अंक रहेकोमा खेलपछि लिभरपुलको २८ अंक भएको छ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनल र साउथह्याम्टनले १–१ गोलको बराबरी खेलेका छन्। आर्सनलको मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो।

यता आर्सनलका ग्याब्रियलका दोस सन्तोषले ६१ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए।

१० खेलाडीमा सीमित आर्सनलविरुद्ध पनि गोल गर्न नसकेको साउथह्याम्टन बराबरीका बाबजुद अंकतालिकाको तेस्रो स्थानमा छ भने आर्सनल १५ औं स्थानमा छ।

प्रकाशित: Dec 17, 2020| 00:48 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।