सोमबार, चैत २, २०८२

नेपालले ओमन र अमेरिकासँग त्रिपक्षीय क्रिकेट शृंखला खेल्ने

आईसीसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय शृंखलामा नेपालले अब ओमन र अमेरिकासँग आगामी मार्चमा प्रतिस्पर्धा गर्ने भएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– आईसीसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय शृंखलामा नेपालले अब ओमन र अमेरिकासँग आगामी मार्चमा प्रतिस्पर्धा गर्ने भएको छ।

National life

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले डिसेम्बर १५ मा सार्वजनिक गरेको लिग २ को नयाँ तालिका अनुसार नेपालको प्रतिस्पर्धा ओमन र अमेरिकासँग छ।

नयाँ तालिका अनुसार अब नेपालले २०२१ को १३–२८ मार्चमा महामारीपछि ओमनको भूमिमा पहिलो त्रिपक्षीय शृंखला खेल्नेछ।

त्यस्तै, नेपालले २०२१ को जुलाईमा अर्को त्रिपक्षीय शृंखला खेल्न नेपाली टिम स्कटल्यान्ड जानेछ। स्टकटल्यान्डको खेलपछि नेपालले २०२२ को फेब्रुअरीमा घरेलु मैदानमा यूएई र पपुवा न्युगिनीलाई स्वागत गर्नेछ।

लिग २ को एक मात्र त्रिपक्षीय शृंखलामा सहभागी बनेको नेपालले २०२२ को एकै वर्षमा चार त्रिपक्षीय शृंखला खेल्नेछ। जहाँ नेपाली टिमले २५ मार्च बाट ५ अप्रिलसम्म नामिबियाको भ्रमण गर्नेछ।

Laxmi sunrise bank
kumari

त्यस्तै सोही वर्षको जुलाईमा यूएईमा हने प्रतियोगितामा सहभागी बनेको नेपाल २२ सेप्टेम्बरबाट २ अक्टोबरसम्म पपुवा न्युगिनीमा हुने त्रिपक्षीय शृंखला खेल्नेछ।

नेपालले २०२३ को फेब्रुअरीमा घरेलु मैदानमा र सोही महिना यूएईमा गरि दुई वटा शृंखला खेल्नेछ।

साढे दुई वर्षसम्म चल्ने यो प्रतियोगिता अन्तर्गत नेपालले ३६ खेल खेल्नेछ। जहाँ अहिलेसम्म नेपालले घरेलु मैदानमा चार खेल खलेको छ र ३२ खेल बाँकी छ।

तालिका अनुसार नेपालले घरेलु भूमिका तीन शृंखला आयोजना गर्न पाउने छ। जहाँ नेपालले ३६ मध्ये १२ खेल घरेलु मैदानमा खेल्नेछ भने बाँकी खेल अन्य देशको मैदानमा खेल्नेछ।

आईसीसी लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्यान्ड, नामिबिया, ओमन, यूएई, पपुवा न्युगिनी छन्। लिग २, २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपमा पुग्ने बाटोसमेत हो।

यस्तो छ आईसीसीले जारी गरेको तालिका

प्रकाशित: Dec 16, 2020| 08:38 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।