सोमबार, चैत २, २०८२

सिटीको बराबरीपछि प्रशिक्षक ग्वार्डिओला चिन्तित

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर सिटीले मंगलबार रातिको खेलमा वेस्ट ब्रोमसँग बराबरी खेलेको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर सिटीले मंगलबार रातिको खेलमा वेस्ट ब्रोमसँग बराबरी खेलेको छ।

National life

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिमसँग १–१ गोलको बराबरी खेलेपछि प्रशिक्षक पेप ग्वार्डिओला चिन्तित देखिएका छन्।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक ग्वार्डिओलाले यस्तो (घरेलु मैदान) खेलमा टिमले जित निकाल्न आवश्यक रहेको बताएका छन्।

यता वेस्ट ब्रोमका गोलकिपर साम जोहान्सनले ग्वार्डिओलाको तर्फबाट प्रहार भएका दुई महत्वपूर्ण गोल रोकेपछि सिटीले जित निकाल्न सकेन्।

यससँगै क्लब लिगको अंकतालिकामा छैटौं स्थानमा रह्यो। २० अंक बनाएको सिटी शीर्षस्थानको टोटेनहमभन्दा पाँच अंकले पछि छ।

Laxmi sunrise bank
kumari

हारपछि ग्वार्डिओलाले भने, ‘यो धेरै लामो सिजन हुनेछ। तर यदि जित शीर्षस्थानमा पुग्नु छ भने यस्तो घरेलु खेलमा भने जित निकाल्नै पर्ने हुन्छ।’

उनले टिमले जित निकाले पनि खेलमा दबाब राख्नका लागि परिणाम आवश्यक रहेको समेत बताएका छन्।

खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाए पनि दबाब राख्न सकेन्। खेलको ३० औं मिनेटमा लिके गुन्डोगनले गोल गर्दै अग्रता बनाएका थिए।

तर ४३ औं मिनेटमा सिटीकै रुबिन डियाजले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफमै खेल बराबरीमा आएको थियो।
दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा सिटी बराबरीमा रोकिन बाध्य भएको हो।
 

प्रकाशित: Dec 16, 2020| 02:42 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।