आइतबार, असार २८, २०८३

रिउसको गोलमा बोरुसियाको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार रातिको खेलमा बोरुसिया डर्टमन्डले वेर्डरको घरेलु मैदानमा २–१ गोलको जित निकालेको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार रातिको खेलमा बोरुसिया डर्टमन्डले वेर्डरको घरेलु मैदानमा २–१ गोलको जित निकालेको छ।

जितका लागि डर्टमुन्डका राफेल गुरेरिओ र मार्को रिउसले समान १–१ गोल गरे। खेलको १२ औं मिनेटमा गोल गर्दै गुरेरिओले सुरुवाती अग्रता बनाएका थिए।

तर उनको अग्रता तोड्दै वेर्डरका केविन मोहवार्डले गोल गरेर खेललाई बराबरीमा ल्याए। यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। 

दोस्रो हाफको ७८ औं मिनेटमा गोल गर्दै रिउसले डर्टमन्डलाई जित दिलाए। जितसँगै डर्टमन्ड अंकतालिकाको पाँचौ स्थानमा छ।

पछिल्लो खेलमा बोरुसिया डर्टमुन्डले लज्जास्पद हार बेहोरेपछि क्लबले प्रशिक्षक लुसियन फ्रेब्रीलाई क्लबबाट बर्खास्त गरेको थियो।

उक्त खेलमा बोरुसिया यो सिजन मात्र प्रोमोट भएको क्लब सुटरगार्टसँग ५–१ गोलले पराजित भएको थियो।

त्यसपछि डर्टमन्डलाई केयरटेकर एडिन टेर्जिचले सम्हालिरहेका छन्।

बुन्डेलिगाकै अर्को खेलमा सुटरगार्टले युनियन बर्लिनसँग २–२ गोलको बराबरी खेलेको छ भने हेर्था बर्लिन माइन्जसँग गोलरहित बराबरीमा रोकिएको छ।
 

प्रकाशित: Dec 16, 2020| 02:04 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।