आइतबार, असार २८, २०८३

बेञ्जेमा चम्किँदा रियलको जित

स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले एथ्लेटिक क्लबविरुद्ध जित निकालेको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले एथ्लेटिक क्लबविरुद्ध जित निकालेको छ।

रियलको अल्फ्रेदो डि स्टेफानो रंगशालामा सम्पन्न खेलमा उसले १० खेलाडीमा सिमित पाहुना टिम एथ्लेटिकलाई ३–१ गोलले हराएको हो।

खेलको १३ औं मिनेटमा एथ्लेटिकका राउल गर्सियाले रियलका टोनी कूसलाई दोस्रोपटक फल गरेपछि रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए।

यससँगै दबाबमा आएको एथ्लेटिकोविरुद्ध कूसले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे। उनलाई भिनिसियस जुनियरले पास उपलब्ध गराए।

पहिलो हाफमा एक गोलले अघि रहेको रियलविरुद्ध एथ्लेटिकका एन्डर कापाले ५२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

लामो समय बराबरीमा चलेको खेललाई बेञ्जेमाले दुई गोल गर्दै आफ्नो पक्षमा पारे। 

उनले व्यक्तिगत पहिलो गोल कार्भाजलको पासमा ७४ औं मिनेटमा गरे भने दोस्रो गोल इन्ज्युरी समयमा गरे।

दोस्रो गोलका लागि लुका मोड्रिचले पास उपलब्ध गराएका थिए। यससँगै २६ अंक बनाएको रियल अंकतालिकाको तेस्रो स्थानमा कायम छ।

एथ्लेटिक क्लब भने १३ औं स्थानमा छ।

प्रकाशित: Dec 16, 2020| 01:52 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।