सोमबार, असार २९, २०८३

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी उल्भससँग पराजित भएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी उल्भससँग पराजित भएको छ।

उल्भसको घरेलु मैदानमा सम्पन्न खेलमा २–१ गोलले पराजित हुँदै चेल्सीले शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ।

यता एक गोलले पछि परेको अवस्थामा उल्भसको जितका लागि ड्यानियल पोडेन्स र पेड्रो नेतोले समान १–१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ४९ औं मिनेटमा गोल गर्दै चेल्सीले अग्रता बनाएको थियो।

पाहुना टिमको अग्रताका लागि ओलिभिए जिरुले गोल गरे पनि उसले अग्रता जोगाउन सकेन्।

यससँगै चेल्सीले सिजनको तेस्रो हार बेहोरेको छ। ऊ २२ अंकका साथ पाँचौ स्थानमा रहँदा शीर्षस्थानको टोटेनहमभन्दा ३ अंकले पछि छ। उल्भस भने १० औं स्थानमा छ।
 

प्रकाशित: Dec 16, 2020| 01:21 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।