सोमबार, चैत २, २०८२

पोग्बा जनवरी फुटबल ट्रान्सफर विन्डोमा पनि कतै नजाने

दुई सिजनबाट प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड छोड्न चाहेका पाउल पोग्वा आउँदो जनवरी विन्डोपछि पनि युनाइटेडमै रहने भएका छन्।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं- दुई सिजनबाट प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड छोड्न चाहेका पाउल पोग्वा आउँदो जनवरी विन्डोपछि पनि युनाइटेडमै रहने भएका छन्। उनका एजेन्ट मिनो रायोलाले पोग्बा युनाइटेड छाडेर कतै नजाने बताएका हुन्।

National life

खेलमा कमै मात्र स्थान बनाउँदै आएका फ्रेन्च मिडफिल्डर पोग्बा पछिल्लो समय प्रशिक्षक ओले गनर सोल्सायरसँग पनि रुष्ट देखिएका छन्।

यसअघि क्लबका प्रशिक्षक जोज माहोरिन्होको समयमा पनि प्रशिक्षकसँग उनका धेरै विवादित कुराहरू बाहिरिएका थिए। अन्ततः क्लबले पोग्बालाई क्लबमा स्थान दिँदै माहोरिन्होलाई क्लब छोड्न स्वीकृति दिएको थियो।

यता जारी सिजनको सुरुमा पनि पोग्बाले क्लब छोड्ने बताइएको थियो। पोग्बाले २०१९–२० को सिजनमा अभ्यास सुरु भएको लामो समयसम्म पनि प्रशिक्षणमा उपस्थित भएका थिएनन्।

उक्त सिजनमा उनी अष्ट्रेलियाको एक क्लबविरुद्धको खेलमा मात्र उपस्थित भएका थिए।

Laxmi sunrise bank
kumari

उनलाई विभिन्न क्लब अनुबन्ध गर्न इच्छुक देखिए पनि युनाइटेटले रिलिज क्लज नै २०० मिलियर पाउन्ड मूल्य तोकिदिएपछि उनको स्थानान्तरण रोकिएको थियो।

समय–समयमा क्लब छोड्ने भन्दै चर्चामा रहेका २७ वर्षे पोग्बा यो सिजनमा पनि बेखुसी रहेको एजेन्ट रायोला बताउँछन्।

एजेन्टको यस्तो भनाइ बाहिरिएपछि पोग्बाले क्लबप्रति प्रतिबद्ध रहेको बताएका छन्।

‘जब इंग्ल्यान्डमा पोग्बाको कुरा आउँछ उनीहरू संवेदनशील हुन्छन्,’ रायोलाले भने। 

उनले यसअघि आउँदो ट्रान्सन्फर विन्डोमा पोग्बा बाहिरिने बताएका थिए। तर,अहिले उनले भन्न थालेका छन्, ‘मैले आउँदो विन्डोको कुरा गरेको होइन समर विन्डोको कुरा गरेको हुँ।’

उनका अनुसार जनवरी विन्डोमा ठूलो क्लबले ठूलो ट्रान्सफरबारे निर्णय गर्न धेरै गाह्रो हुन्छ। त्यसैले अब अर्को समरको पर्खाइमा रहेको रायाेलकाे भनाइ छ। 

युनाइटेडबाट सन् २०१६ मा युभेन्टस छोडेर युनाइटेड पुगेका पोग्बाको सम्झौता २०२२ सम्म कायम छ। 

युनाइटेडमा उनले १७२ खेलमा ३५ गोल गरेका छन्। तर, उनी युनाइटेड आएयता क्लबले उपाधि जित्न सकेको छैन। 

क्लबले अन्तिम पटक २०१६–१७ मा युरोपा लिग र ईएफएल कप जितेको थियो।

प्रकाशित: Dec 15, 2020| 12:27 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।