आइतबार, असार २८, २०८३

राप्तीले जित्यो गौतम बुद्ध कप

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको फाइनलमा राप्तीले नारायणीलाई नौ रनले हराउँदै उपाधि जितेको हो।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं –गौतम बुद्ध टी–२० कप क्रिकेटको उपाधि राप्तीले जितेको छ।

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको फाइनलमा राप्तीले नारायणीलाई नौ रनले हराउँदै उपाधि जितेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

१४४ रनको लक्ष्य पछ्याएको नारायणीले नौ विकेट गुमाएर १३४ रन मात्र बनाएपछि उपाधि राप्तीको पोल्टामा परेको हो।

राप्तीका लागि ओपनर अमित श्रेष्ठ १८ रन बनाउँदै पेवेलियन फर्र्किए भने अर्का ओपनर कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। 

त्यस्तै शरद भेषवाकर र भुवन कार्की क्रमशः १० र ४ रनमै आउट भए।

विनोद भण्डारीले ३३ रन बनाएर रन आउट भए भने एक रन जोड्दै कमल सिंह बाहिरिए।

नारायणीका सहबाब आलमले सर्वाधिक तीन विकेट लिए भने सुुसन भारीले दुई र करण केसीले एक विकेट लिए।

जबाफी ब्याटिङमा आएको नारायणीका आरिफ सेखले सर्वाधिक ४८ रन बनाए। ईशान पाण्डे र रित गौतमले समान २७–२७ रन बनाएका थिए। यसबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गरेनन्।

बरु नारायणीलाई लक्ष्य भेट्न नदिन राप्तीका अभिनाश बोहराले तीन विकेट लिएकमा थिए। यस्तै भुवन कार्कीले दुई विकेट लिए।

जितेन्द्र मखिया र कमलसिंहले समान १–१ रन बनाएका थिए।
 

प्रकाशित: Dec 15, 2020| 11:14 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।