आइतबार, असार २८, २०८३

गौतम बुद्ध कप फाइनल : नारायणीलाई राप्तीको मध्यम लक्ष्य

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध टी–२० कप फाइनलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध टी–२० कप फाइनलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

राप्तीका ओपनर अमित श्रेष्ठले १८ रन बनाउँदे पेवेलियन फर्र्किए भने अर्का ओपनर कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। त्यस्तै शरद भेषावकर र भुवन कार्की क्रमशः १० र ४ रनमै आउट भए।

त्यस्तै विनोद भण्डारीले ३० रन बनाएर रन आउट भए। एक रन जोड्दै कमल सिंह बाहिरिए।

यता नारायणीका शहबाब आलमले सर्वाधिक तीन विकेट लिए भने सुशन भारीले दुई र करण केसीले एक विकेट लिए।
 

प्रकाशित: Dec 15, 2020| 07:33 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।