सोमबार, चैत २, २०८२

बीबीएल खेल्न सन्दीप अस्ट्रेलियातर्फ

अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा प्रतिस्पर्धा गर्न लेग स्पिनर सन्दीप लामिछाने त्यसतर्फ गएका छन्।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं – अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा प्रतिस्पर्धा गर्न लेग स्पिनर सन्दीप लामिछाने त्यसतर्फ गएका छन्।

National life

उनले सामाजिक सञ्जाल फेसबुकमा विमानस्थलको तस्बिर राख्दै आफू चाँडै दक्षिण अस्ट्रेलियाको सहर एडलेडमा पुग्ने बताएका छन्।

अस्ट्रेलियाको सबैभन्दा महँगो ट्वान्टी २० लिग बीबीएल खेल्ने नेपालका एकमात्र खेलाडी हुन् सन्दीप। उनी जारी सिजनमा होबर्ट हुरिकेन्सबाट प्रतिस्पर्धा गर्दै छन्।

यसअघि उनले मेलबर्न स्टार्सबाट दुई सिजन खेलिसकेका छन्।

केही समयअघि लामिछानेलाई कोभिड–१९ संक्रमण देखिएकाले उनी समयमै त्यसतर्फ जान सकेका थिएनन्।

Laxmi sunrise bank
kumari

उनी अस्ट्रेलिया पुगेपछि क्वारेन्टिनमा बस्नुपर्नेछ। यसकारण उनले बीबीएलको प्रारम्भिक सात खेल गुमाउनेछन्।

लिगमा अहिलेसम्म होबर्ट हुरिकेन्सले दुई खेलमा जित निकाल्दै सात अंक जोडिसकेको छ। हुरिकेन्स शीर्षस्थानको मेलबर्न स्टार्सभन्दा एक अंकले पछाडि छ।

बीबीएलमा मेलबर्न स्टार्स, होबर्ट हुरिकेन्स, सिड्नी सिक्सर्स, मेलबर्न रेनेग्डेस, सिड्नी ठन्डर्स, ब्रिसबन हिट, एडलेड स्ट्राइकर र पर्थ स्कुर्चस गरी आठ टिमको सहभागी छन्।
 

प्रकाशित: Dec 15, 2020| 05:58 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।