सोमबार, असार २९, २०८३

युरोपा लिगको ड्र सार्वजनिक

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सोमबार राति यूरोपा लिग अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सोमबार राति यूरोपा लिग अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ।

यूईएफएले उसको हेडक्वार्टर नियोन, स्विट्जरल्यान्डबाट ड्र सार्वजनिक गरेको हो।

अब राउन्ड अफ ३२ का खेलहरू २०२१ को फेब्रुअरी १८ बाट सुरु हुनेछन्। फेब्रुअरीको १८ र १९ मा पहिलो लेगका खेल हुनेछन् भने सोही महिनाको २४ र २५ तारिकमा दोस्रो लेगका खेल हुनेछन्।

अन्तिम १६ मा स्पेनिस क्लब रियल सोसिडाडले म्यान्चेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ भने टोटेनहम हट्स्पुरले उल्भसबर्गसँग खेल्नेछ।

त्यस्तै लेस्टर सिटीले लाविय प्रहसँग खेल्दा रोमाले ब्रागासँग प्रतिस्पर्धा गर्नेछ।

यस्तो छ ३२ टिमको ड्र
रियल सोसिडाड र म्यानचेस्टर युनाइटेड
उल्भसबर्ग र टोटेनहम
ओलम्पिकाओस र पीएसभी
लाविय प्रह र लेस्टर सिटी
योङ बोइज र लिभरकुसन
क्रवेना जेभ्डा र एसी मिलान
डायनामो किव र क्लब ब्रुग
ब्रागा र रोमा
क्रस्नोदर र डायनामो जग्रेव
लिल्ल र आयाक्स
बेनिफिका र आर्सनल
मोल्डे र होफेनहाइम
एम टेल अविव र शख्तर डोनेटेस्क
एन्टवेप र रेन्जर्स
ग्रानाडा र नापोली
साल्जबर्ग र भिल्लारियल
 

प्रकाशित: Dec 15, 2020| 05:38 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।