बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङको अमरदह बजारमा भीषण आगलागी, क्षतीको विवरण आउन बाँकी

मोरङको अमरदह बजारमा भीषण आगलागी, क्षतीको विवरण आउन बाँकी

सोमबार मध्यराति लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको रंगेली प्रहरीले जनाएको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

विराटनगर- मोरङको सुनवर्षीस्थित अमरदह बजारमा भीषण आगलागी भएको छ। 

सोमबार मध्यराति लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको रंगेली प्रहरीले जनाएको छ।

आगो निभाउन स्थानीय, प्रहरीसँगै चारवटा दमकल प्रयोग गरिएको थियो । करिब ६ घण्टामा आगो नियन्त्रणमा आएको थियो । 

स्थानीय व्यापारी पारस साहको किराना पसलबाट सल्किएको आगोले आसपास अन्य पसलमा समेत क्षती पुर्याएको छ।  प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ।

आगलागीबाट के कति क्षती भयो भन्ने एकिन विवरण आउन सकेको छैन् । तर, करोड बढीको क्षती भएको अनुमान गरिएको छ। 
 

प्रकाशित: Dec 15, 2020| 03:36 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।