काठमाडौं। नेकपाको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दौडधुपमा सक्रिय भएका छन्।
आज प्रधानमन्त्रीले झण्डै तीन घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरे।
बिहान ११ देखि दिउँसो २ बजेसम्म छलफल भएको थियो। स्रोतका अनुसार छलफल नेकपाभित्रकाे बढ्दाे विवाद समाधानका विषयमा केन्द्रित थियाे।
नेकपाको हरेक कमिटीभित्र आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओली अहिले सक्रिय भएका हुन्।
सचिवालयमा टुंगो लाग्न नसकेको विवाद अहिले स्थायी कमिटीमा प्रवेश गरेको छ।