आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिग : अन्तिम १६ मा बार्सिलोना र पीएसजी भिड्ने

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले आज (सोमबार) च्याम्पियन्स लिगको ड्र (खेलतालिका) सार्वजनिक गरेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले आज (सोमबार) च्याम्पियन्स लिगको ड्र (खेलतालिका) सार्वजनिक गरेको छ।

यूईएफएको मुख्यालय नियोन, स्विट्जरल्यान्डमा नेपाली समयअनुसार पौने ५ बजे च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको हो।

च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेन र जर्मनीका समान ४–४ टिम पुगेका भएका छन् भने इटाली र इंग्ल्यान्डका ३–३ टिम पुगेका छन्। बाँकी दुईमध्ये पोर्चुगल र फ्रान्सका १–१ टिम छन्।

समूह चरणका आठ समूहबाट बायर्न, रियल मड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, डर्टमन्ड, युभेन्टस र पीएसजी समूह विजेता बन्दै लिगको अन्तिम १६ मा प्रवेश गरेका थिए।

त्यस्तै समूह ए देखि एचबाट दोस्रो स्थानमा पर्दै क्रमशः एट्लेटिको मड्रिड, ग्लाडबाख, पोर्टो, एटलान्टा, सेभिया, लाजियो, बार्सिलोना र लाइप्जिक पनि नकआउट चरणमा प्रवेश गरेका थिए।

च्याम्पियन्स लिगको फाइनल खेल स्तानबुलमा हुनेछ। त्यसअघिका अन्तिम १६, क्वार्टरफाइनल र सेमीफाइनलका खेल होम एण्ड अवे गरी दुई लेगमा हुनेछन्।

लिगको अन्तिम १६ का खेल आउँदो डिसेम्बर १६, १७, २३ र २४ तारिखमा पहिलो लेग हुनेछ भने दोस्रो लेग अर्को वर्षको ९, १०, १६ र १७ जनवरीमा हुनेछ। 
त्यस्तै क्वार्टरफाइनलको पहिलो लेगको खेल ६ र ७ अप्रिलमा हुनेछ भने दोस्रो लेग १३ र १४ अप्रिलमा हुनेछ। सेमिफाइनल खेल भने २७ र २८ अप्रिलमा पहिलो लेग र ४ र ५ मेमा दोस्रो लेग हुनेछ। फाइनल खेल स्तानबुलमा अर्को वर्षको मे २९ मा हुनेछ।

समूह चरणका ३२ टिममध्ये बाँकी १६ भने बाहिरिसकेका छन्। जसमध्ये तेस्रो स्थानमा रहेका आठ टिमले यूरापा लिग खेल्नेछन्।

यस्तो छ ड्र 

बायर्न म्युनिख र लाजियो

रियल मड्रिड र एटलान्टा

म्यानचेस्टर सिटी र ग्लाडबाख

लिभरपुल र लाइप्जिक

चेल्सी र एट्लेटिको मड्रिड

बोरुसिया डर्टमन्ड र सेभिया

युभेन्टस र पोर्टो

पीएसजी र बार्सिलोना

प्रकाशित: Dec 14, 2020| 11:29 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।