सोमबार, चैत २, २०८२

गौतम बुद्ध कप : समूह चरणको अन्तिम खेलमा राप्ती विजयी

चितवनमा जारी गौतम बुद्ध कप ट्वान्टी२० क्रिकेटको समूह चरणको अन्तिम खेलमा राप्ती विजयी भएको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– चितवनमा जारी गौतम बुद्ध कप ट्वान्टी२० क्रिकेटको समूह चरणको अन्तिम खेलमा राप्ती विजयी भएको छ।

National life

निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले हराएको हो।

२० औं ओभरको पाँचौं बलमा राप्तीलाई दुई रनको आवश्यकता थियो। उक्त बललाई बलर दिपेश श्रेष्ठले नो बलमा बदलिदिएपछि राप्तीले थप एक रन जोड्दै खेल जितेको हो।

टस जितेर ब्याटिङ रोजेको नारायणीले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्यका साथ मैदान पसेको राप्तीले ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नारायणीले खराव सुरुवात गर्दै तीन बलमै दुई विकेट गुमाए पनि ओपनर रित गौतमले १७ बलमा १३ रन लिन भ्याए।

Laxmi sunrise bank
kumari

खेलमा किशोर महतोले सर्वाधिक ३६ रन बनाए भने कप्तान करण केसीले ३२ रन बनाए। सुसन भारीले १८ रन बनाएको इनिङमा इशान पाण्डेले १० रन जोडे।

यता राप्तीका अभिनास बोहरा र सूर्य तामाङले समान २–२ विकेट लिए। एक विकेट लिनेमा जितेन्द्र मुखिया, कमल सिंह, भुवन कार्की रहे।

जवाफी ब्याटिङमा आएको राप्तीका कुशल भुर्तेलले ६५ रनको अर्धसतकिय पारी खेले। त्यस्तै, आषिफ शेखले १४ र सुमित महर्जनले १२ रन जोडे। कप्तान विनोद भण्डारी चार रनमै आउट भए पनि कमल सिंहले अविजित २४ रन बनाएका छन्।

यता नारायणीका लागि करण केसीले तीन विकेट लिए भने किशोर महतो र सुसन भारीले समान २–२ विकेट लिए। त्यस्तै, दिपेश श्रेष्ठ र शहब आलमले १–१ विकेट लिए।

अब राप्ती र नारायाणी दुई टिमले नै फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। तेस्रो टिम वाग्मतीले लगातार दुई खेल हारेपछि राप्ती र नारायणी एक खेल अगावै फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगिताको फाइनल खेल भोलि (मंगलबार) सोही मैदानमा हुनेछ।
 

प्रकाशित: Dec 14, 2020| 09:23 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।