शनिबार, कात्तिक २९, २०८२

सरकारको अनुमतिबिनै फिल्म हल खोल्न तम्सिए व्यवसायी

कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको भन्दै सरकारी अनुमतिबिनै फिल्म हल खोल्ने घोषणा सरोकारवालाले गरेका छन्। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको भन्दै सरकारी अनुमतिबिनै फिल्म हल खोल्ने घोषणा सरोकारवालाले गरेका छन्। 

National life

नेपाल चलचित्र संघले आज सोमबार विज्ञप्ति जारी गर्दै फिल्म हल खोल्ने बताएको हो। ९ महिनादेखि बन्द रहेका हल खोल्न सरकारले अनुमति नदिएको भन्दै उसले आन्दोलनको पनि घोषणा गरेको छ। 

‘लकडाउन पूर्ण रुपमा हटाई मुलुकभर हवाई यातायात, स्थल यातायात, होटल, रेस्टुरेन्ट, व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नभएको हुँदा संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लुएचओको सुरक्षा मापदण्ड समेत अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने र सरकारसमक्ष केही माग राखेर चरणबद्ध आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ,’ संघले विज्ञप्तिमा भनेको छ।

चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गरेर माग सम्बोधन गर्नुपर्ने, फिल्म हल सञ्चालन नभएको समयको विद्युत् महसुल मिनाहा गर्नुपर्ने, मनोरञ्जन कर खारेज गर्नुपर्ने, दुई वर्षसम्म भ्याट छुट दिनुपर्ने, चलचित्र विकास शुल्क खारेज गर्नुपर्ने लगायत माग चलचित्र व्यवसायीहरुका छन्।

काेराेना भाइरस संक्रमणको जाेखिमका कारण सरकारले गएकाे चैत पहिलाे सातादेखि फिल्म हल सञ्चालनलगायत मनाेरञ्जनका अन्य गतिविधिमा राेक लगाएकाे थियाे। चैत ११ गते सुरू भएकाे लकडाउनपछि अन्य पेशा–व्यवसाय, हिँडडुल तथा अन्य गतिविधिमा पनि राेक लाग्याे। साउन ७ गते लकडाउन अन्त्य भएपछि अन्य क्षेत्र खुले पनि फिल्म हल खाेल्न सरकारले अझै अनुमति दिएकाे छैन।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Dec 14, 2020| 08:53 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्